नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा

नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली पुरुष टोली खो खो विश्व कपको फाइनलमा प्रवेश गरेको छ।

भारतको दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आज भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो।

नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

नेपालको महिला टोलीले यसअघि नै युगाण्डालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

Logo