सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज रोमाञ्चक खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो साढे २ बजे शुरु हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच खेल हुदैछ।
यी दुवै टिम कट्टर प्रतिद्वन्द्वीको रुपमा चिनिन्छन। आज हुने खेलमा मनाङका ३ खेलाडीले खेल्न नसक्ने भएका छन्। मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी घाइते छन् भने अफिज ओलावाले पनि दोहोरो पहेँलो कार्डको कारण बन्चित छन्।
यो खेल हुनु अघि च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुँदैछ।
प्रकाशित: ६ मंसिर २०७५ १०:५४ बिहीबार