बिग बासलाई विचैमा छाडेर बिपिएल खेल्न सन्दीप बंगलादेश तर्फ लागे

बिग बासलाई विचैमा छाडेर बिपिएल खेल्न सन्दीप बंगलादेश तर्फ लागे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बंगलादेश गएका छन् अस्ट्रेलियामा जारी अस्ट्रेलियाको क्रिकेट लिग बिग बासमा राम्रो प्रदर्शन गरेका सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका हुन् ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीप्ले उत्कृष्ठ प्रदर्शन गरेका छन् । बंगलादेश प्रिमियर लिग खेल्नका लागि उनी बिग बास लिग बिचमै छोडेर बंगलादेशका तर्फ लागेका हुन् ।

जनवरी पाँचदेखि सुरु हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेटमा सन्दीपले स्यलहेट सिक्सर्सबाट खेल्ने छन् । यो टिमको कप्तान अस्ट्रेलियन क्रिकेटर डेविड वार्नर हुन् । बिपिएलमा सन्दीपको टिमले जनवरी ६ मा तमिम इक्बालको कप्तानीमा रहेको टिम कोमिल्ला भिक्टोरिएन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

बिपिएल टिम स्यलहेट सिक्सर्ससँग पहिले नै सम्झौता गरेकाले बिग बास लिग बिचमै छोडेर उनी बंगलादेश लागेका हुन् । सन्दीपले बिग बास क्लब मेलबर्न स्टार्सलाई यो जानकारी दिएर नै खेल्न गएका हुन् ।

सन्दीपले ट्वीट गरेर आफू बंगलादेश प्रस्थान गरेको जानकारी दिएका छन् । उनले बिग बास लिगको अनुभव उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।

Logo