बिग ब्यास लिगमा आज सन्दीपको चौथो खेल, पारस खड्काले प्रत्यक्ष हेर्ने

बिग ब्यास लिगमा आज सन्दीपको चौथो खेल, पारस खड्काले प्रत्यक्ष हेर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आज आफ्नो चौथो खेल खेल्दैंछन् । अहिलेसम्मका खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै आएका सन्दीपको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । अष्ट्रेलियामा सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका थिए ।

आजको खेल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले प्रत्यक्ष रुपमा हेर्ने भएका छन् । क्रिकेट फेस्टिभलमा सहभागी हुन अष्ट्रेलिया पुगेका कप्तान खड्काले बिग ब्याश लिग हेर्ने निम्तो पाएका थिए ।

मेलबर्न स्टार्सले खड्कालाई आफ्नै बक्समा बसेर हेर्नका लागि खड्कालाई निम्तो दिएको थियो । उनले आजको खेल प्रत्यक्ष हेर्ने भएका हुन् ।

Logo