काठमाडाैं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमै रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् ।
शुक्रबार सार्वजनिक भएको ड्र अनुसार च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल र सिटी भिड्ने भएका हुन् । यस्तै बायर्न म्युनिखले सेल्टिकको सामना गर्दा मोनाको र बेन्फिका पनि आमने सामने हुनेछन् ।
जर्मन क्लब बोरुसिया डर्टमुन्ड र पोर्चुगलको स्पोर्टिङ लिस्बन खेल्दा इटालीको एसी मिलानले नेदरल्यान्ड्सको फायनुर्डसँग खेल्नेछ । फ्रान्सका ब्रेस्ट र पेरिस सेन्ट जर्मेन आमनेसामने हुँदा इटालीको एटलान्टाले बेल्जियमको क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको लिग चरणबाट शीर्ष ८ टोली सिधा छनोट हुँदा पुछारका ८ टोली बाहिरिसकेका छन् । नवौं देखि २४ औं स्थानकाले भने प्लेअफबाट अर्को चरणमा स्थान बनाउनेछन् ।





























प्रतिक्रिया