विपक्षीलाई साढे २ लाख मतले हराउँदै क्रिकेट कप्तान सांसद बने

विपक्षीलाई साढे २ लाख मतले हराउँदै क्रिकेट कप्तान सांसद बने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बंगलादेशका क्रिकेटर मशरफे मुर्तजा सांसदमा निर्वाचित भएका छन् । एकदिवसीय क्रिकेट टिमका कप्तान मुर्तजा विपक्षीलाई भारी मत अन्तरले हराउँदैं सांसदमा निर्वाचित भएका हुन् ।

उनले प्रतिद्वन्द्वीलाई २ लाख ५० हजारभन्दा धेरै मत अन्तरले पराजित गरे । मुर्तजा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट उम्मेद्वार बनेका थिए ।

नारायल–२, सिटका उम्मेद्वारा मुर्तजाले दुई लाख ७४ हजार ४१८ भोट ल्याएका थिए भने उनका विपक्षी जातीय ओइक्यो फ्रन्ट गठबन्धनका उम्मेद्वार फरिदुज्जमा फरहादले ८ हजार ६ मत मात्रै प्राप्त गरे ।

यसै महिनाको नौ तारिखमा वेष्ट इण्डिजविरुद्धको खेलअघि चुनाव लड्ने घोषणा गरेका मुर्तजाले सन् २०१९ को विश्वकपपछि सन्यास लिने घोषणा गरेका थिए ।

सन् २००९ मा भोगेको इन्ज्युरीपछि उनले टेस्टबाट सन्यास लिएर एकदिवसीय खेलिरहेका थिए । उनले बंगलादेशका लागि ३६ टेस्ट म्याचमा ७८ विकेट लिएका छन् । टि–२० बाट पनि उनले २०१७ मै सन्यासको घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo