काठमाडौं । महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितरे पहिला ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा मात्र ८१ रन जोड्न सकेको हो । नेपालका लागि ओपनर सम्झना खड्काले जोडेको १७ रन नै सर्वाधिक रन बन्न पुग्यो । कविता जोशीले १४ रन, कप्तान इन्दु बर्माले १० रन बनाउँदा रजमती ऐरी ११ रनमा अविजित रहिन् ।
अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
नेपाल यसअघि खेलेका पााचवटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।
थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो ।





























प्रतिक्रिया