काठमाडौं । अस्ट्रेलियामा जारी विग बास लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरे तर उनको टिमले भने जित हासिल गर्न सकेनन।
लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । हुरिकेन्सले ८ बल बाँकी छँदै चार विकेट गुमाएर भेट्टायो।
४ ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका थिए । पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन्। तेस्रो ओभरको दोस्रो बलमा कप्तान म्याथ्यु वाडको विकेट लिए ।





























प्रतिक्रिया