शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा बैकुण्ठ मानन्धर नियुक्त

शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा बैकुण्ठ मानन्धर नियुक्त

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दुतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ । फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दूतमा नियुक्त गरिएको हो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा मानन्धरले आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् ।उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबै जना बताएका छन् ।

रन टु साइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकहरुलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेभसाइट www.srdb.com.np मा गई अथवा सिधै https://srdb.com.np/campaign/shineresungarun लिंकमा गएर २०८१ फागुन ९ दिउँसो १२ः०० बज सम्म नाम दर्ता गर्न सकिने र दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रीय कार्यालयमा पुगेर समापन हुने जानकारी गराइएको छ ।

Skip This
Skip This
Logo