आहा ! रारा पोखरा गोल्डकप : फाइनल आज, पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक भिड्दै

आहा ! रारा पोखरा गोल्डकप : फाइनल आज, पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक भिड्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता, आहा १ रारा पोखरा गोल्डकपको २४औँ संस्करणको फाइनल खेल आज हुँदैछ।
यस वर्षको फाइनलमा विभागीय नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतिस्पर्धा गर्नेछन्। दिउँसो २स्३० बजे पोखरा रङ्गशालाको खेल मैदानमा दुवै टोलीले उपाधि जित्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन्।

यस प्रतियोगिताको सुरुवात विसं २०५८ मा क्याराभान गोल्डकपको रूपमा भएको थियो र यति लामो समयमा कुनै वर्ष पनि यो रोकिएको छैन। पुलिस क्लबले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमिसकेको छ र अब सातौँ उपाधिको खोजीमा छ। पुलिसले विसं २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा उपाधि उचालेको थियो। ब्ल्याक बुल्स भने पहिलो सहभागितामै उपाधि जितेर घर फर्कन चाहन्छ।

फाइनलका लागि दुवै टोली एकअर्काप्रति सचेत छन्। खेल रोचक हुने विश्वास गरिएको छ। पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्नो टोली मानसिक रूपमा तयार रहेको बताए भने ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले दुवै टोलीको ५०–५० सम्भावना रहेको उल्लेख गरे।

विजेता टोलीले १२ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी, सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्रदान गरिने आयोजक सहारा क्लबले जानकारी दिएको छ।

Skip This
Skip This
Logo