सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित भएको थियो। खेलको ५६ औं मिनेटमा आशिषको गोलबाट एपिएफले सुरुवाती गोलको अग्रता लिएको थियो। खेलको ८५ औं मिनेटमा फेरी आशिषकै गोलबाट एपिएफले दुई गोलको अग्रता लिएको थियो। तर दोस्रो गोलको अग्रता लिएको एक मिनेट नबित्दै आर्मी एक गोल फर्काउन सफल भयो। आर्मीका लागि नवयुग श्रेष्ठले आकर्षक गोल गरे।
आशिष लामा ‘म्यान अफ दि म्याच’ घोषित भए । यस खेलसँगै एपिएफ लिगमा १६ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ। पराजित आर्मी १८ अंकसहित चौथौ स्थानमै छ ।





























प्रतिक्रिया