क्रिकेट खेलाडी सागर पुन घाइते, ६ महीना खेल नखेल्ने

क्रिकेट खेलाडी सागर पुन घाइते, ६ महीना खेल नखेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छ देखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनार्इ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो ।
रासस

Logo