एभरेष्ट प्रिमियर लिग (ईपीएल)को तेस्रो संस्करणको उपाधिका लागि आज भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियोट्स भिड्दै छन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा भैरहवा लगातार दोश्रो उपाधि जित्ने दाउमा छन् ।
ललितपुरले लिग चरणको पहिलो खेलमा हार ब्यहोरेको थियो। त्यसपछि चार खेलमा जीत हात पार्दै समूहको विजेता बनेको थियो । ललितपुरले यस अघि विराटनगरसँग पहिलो खेलमा तीन विकेटको हार ब्यहोरे थियो। त्यसपछिका खेलहरुमा क्रमश चितवन टाइगर्सलाई ११ रनले, पोखरालाई ८ विकेटले, काठमाडौंलाई १० विकेटले र भैरहवालाई ६ विकेटले हराएको थियो ।पहिलो क्वालिफायरमा काठमाडौंमाथि एक विकेटको जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
पोखरालाई चार विकेटले, चितवनलाई १२ रनले, विराटनगरलाई चार विकेटले हराएको भैरहवा ललितपुर र काठमाडौंसँग भने पराजित भएको थियो । १० विकेट लिएर धेरै विकेट लिने खेलाडीको सूचिमा अघि रहेका मोहम्मद नभिद र ललित सिंह भण्डारीको बलिङ भैरहवालाई चुनौति बन्न सक्नेछ । यस्तै अमिर बोहरा, डोस्चेट र शरद भेषावकर पनि राम्रो फर्ममा छन् ।
खेल दिउँसो साँढे १२ बजेदेखि शुरु हुनेछ ।































प्रतिक्रिया