काठमाडौं । आयोजक टोली पाकिस्तानले च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत उद्घाटन खेलमा न्युजिल्याण्डविरुद्ध टस जितेको छ । कराँचीस्थित नेशनल बैंक स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको हो ।
सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड रहेका छन् भने अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी मा छन् ।































प्रतिक्रिया