शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज विभागीय टिम आर्मी र थ्रीस्टार भिड्दै छ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे दुई बजेदेखि शुरु हुनेछ । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ८ खेलबाट २१ अंक रहेको छ भने चौथो स्थानमा रहेको आर्मीको समान ८ खेलबाट १७ अंक रहेको छ ।
आज हुने अर्को खेलमा विभागीय टिम पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुदैछ। यो खेल बिहान ११ बजे हुनेछ ।





























प्रतिक्रिया