काठमाडौंं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज इङ्ल्याण्डले परम्परागत प्रतिद्वन्दी अस्ट्रेलियालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५१ रन जोडेको हो । इङ्ल्याण्डका लागि बेन डकेटले १६५ रनको सानदार शतकीय इनिङ खेले । १४३ बलको सामना गरेका उनले १७ चौका र ३ छक्का प्रहार गरे ।
यसैगरी जो रुटले ६८ रन बनाएर आउट भए ।
बलिङतर्फ बेन द्वारशुसले ३ विकेट लिए भने एडम जाम्पा र मार्नुसले समान २/२ विकेट लिए ।





























प्रतिक्रिया