भैरहवालाई ६ विकेटले पराजित गर्दै ललितपुर र्इपीएलको क्वालिफायर्समा

भैरहवालाई ६ विकेटले पराजित गर्दै ललितपुर र्इपीएलको क्वालिफायर्समा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भैरहवालाई ६ विकेटले पराजित गर्दै ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा ९२ रनमा अलआउट भयो । खराव सुरुवात गरेको भैरहवाले ४० रन बनाउँदा चार विकेट गुमाएको थियो ।

भैरहवालाई कम स्कोरमा रोक्न सन्नी पटेलले ५ तथा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई दुई विकेट लिए । जवाफमा ललितपुरले १४ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

Logo