ईपीएल: भैरहवाको १४४ रनको चुनौती पछ्याउँदै चितवन

ईपीएल: भैरहवाको १४४ रनको चुनौती पछ्याउँदै चितवन

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा अहिले चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सबिरुद्ध ब्याटिङ् गरिरहेको छ।

यस अघि रायन टेन डोस्काटेको उत्कृष्ट ब्याटिङसहित भैरहवा ग्लाडियटर्सले  चितवन टाइगर्सलाई  १४४ रनको चुनौती दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २० ओभर पूरा खेलेको भैरहवाले सबै विकेट गुमाएर १४३ रन बनाएको हो ।

भैरहवाका लागि रायन टेन डोस्काटेले सर्वाधिक ३५ रन बनाए । त्यस्तै  प्रदिप ऐरीले १८ बलमा ३ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए ।
रवी इन्दर सिंह २५ रनमा आउट भए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको चितवनका लागि सागर ढकालले ३ विकेट लिए भने जर्ज स्कटले १३ रन खर्चेर २ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, पाउल स्टर्लिङ र ललित भण्डारीले समान एक–एक विकेट लिए ।

Skip This
Skip This
Logo