एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत दोस्रो खेलमा अहिले भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स विच खेल भइरहेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा भैरहवाले टस हारेर ब्याटिङको निम्तो पाएको छ । जारी प्रतियोगितामा भैरहवाको यो दोश्रो खेल हो भने चितवनको तेश्रो खेल हो।
चितवनलाई यो खेल जित्नै पर्ने दबाब छ। चितवन टाइगर्स, यस अघि काठमाडौं किंङसंग ६ विकेटले पराजित भएको थियो बहने ललितपुरसंग ११ रनले पराजित भएको थियो। भैरहवाले यस अघिको खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।
यस अघि आजै भएको पहिलो खेलमा पोखरा विराटनगरसँग सुपर ओभरमा ७ रनले पराजित भएको हो ।





























प्रतिक्रिया