एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । पोखरा जित्नै पर्ने दबाबसहित मैदानमा उत्रेको थियो। पोखराका ओपनर केल कोट्जर चार रन बनाएर आउट भए । यसक्रममा रिचार्ड लेभी ३ रनमा, शुवेन्दु पाण्डे शुन्यमा र विनोद भण्डारी एक रनमा पवेलियन फर्किए । त्यसपछि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन जोडे । सुशान भारी सातौं विकेटका रुपमा आउट हुँदा पोखराले १७.३ ओभरमा ७८ रनमात्र बनाएको थियो ।
खेलमा पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।































प्रतिक्रिया