ईपीएल: चितवनको लगातार दोस्रो हार

ईपीएल: चितवनको लगातार दोस्रो हार

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं किंङले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा चितवनको यो लगातार दोस्रो हार हो भने  काठमाडौं किंङले पहिलो खेलमा नै जित निकालेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन १९ ओभरमा एक सय ६० रनमा अलआउट भयो । आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्यो । उसका लागि पउल स्ट्रलिङले १३ बलमा ३४ रन बनाए । जसमा तीन चौका र तीन छक्का सामेल थियो ।
त्यसको लगत्तै अर्का विदेशी खेलाडी जोन सिमसन खाता खोल्न पाउदै आउट भए । त्यसपछि चितवनको स्कोर ६९ रन हुँदा तेस्रो विकेट झर्यो । सन्दिप सुनारलाई २५ रनमा सागर पुनले आउट गरे । चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरेका थिए । तर स्कट १५ रनमा आउट भएपछि चितवनले एक सय नौ रनमा चौथो विकेट खेर फाल्यो । उसले एक सय ४४ रन हुँदा पाँचौ विकेटका लागि प्रदिप ऐरीलाई ४५ रनमा गुमायो ।

त्यसपछि क्रिजमा आएका भिम शार्की सात रनमा आउट भए भने लगत्तै कमलसिंह ऐरीपनि एक रनमा पेभेलियन फर्किए । जसका कारण एक सय ५३ रनमा सात विकेट गुमायो । पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि चितवन पुरै ओभर नखेल्दै अलआउट भयो । उसले पछिल्लो ६ विकेट मात्र ५१ रन जोड्दा गुमायो ।

चितवनका लागि कप्तान पृथु बास्कोटाले अविजीत २० रन बनाए । बलिङ तर्फ प्रदिप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए ।  त्यस्तै, सागर पुन, केबिन ओ ब्राहिम र अमरसिंह रौटेलाले समान एक—एक विकेट लिए ।
चितवन, पहिलो खेलमा आइतबार ललितपुर प्याट्रियट्ससँग ११ रनले पराजित भएको थियो ।

Skip This
Skip This
Logo