ईपीएलः ललितपुर प्याट्रिएटसको पहिलो जित, चितवन ११ रनले पराजित

ईपीएलः ललितपुर प्याट्रिएटसको पहिलो जित, चितवन ११ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएटसले पहिलो जित दर्ता गराएको छ । टियु क्रिकेट मैदानमा आईतबार भएको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो ।

ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याउँने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि ललितपुरले जित निकालेको हो ।

चितवनका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४१ रन बनाए । त्यस्तै कप्तान पृथु बास्कोटाले २६ रन बनाउँदा भिम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै ९ बलमा २१ रन बनाए । जर्ज स्कटले अविजित १८ रन बनाए ।

बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, सन्नी पटेलले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा २५ रन बनाएका थिए ।

त्यस्तै, सोनु तामाङले अविजित ३५ रन बनाएका थिए । त्यस्तै, ललितपुरका लागि गौरभ टोमरले ३०, जयकिसन कोल्सवालाले २० र सुन्नी पटेलले १९ रनको योगदान दिए । बलिङतर्फ चितवनका जर्ज स्कटले २ विकेट लिएका थिए ।

Logo