काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले तेस्रो हार व्यहोरेको छ । युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल नामिबियासँग २३ रनले स्तब्ध भएको हो ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा पनि नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन मात्रै जोड्न सक्यो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक ३१ रन जोडे । यसैगरी कप्तान इन्दु बर्मा र पूजा महताले समान १५ रन जोडे । कविता जोशी १७ रनमा नटआउट रहँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनाएकाे थियाे । उसका लागि यास्मिन खानले ४४ बल खल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन ।
नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक/एक विकेट लिए ।































प्रतिक्रिया