काठमाडौं । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन्।
गत आईपीएल सिजनमा टोलीले कायम राखेको स्लो ओभर–रेटका कारण नियमित कप्तान हार्दिक पाण्डेयमाथि सिजनको पहिलो खेलमै प्रतिबन्ध लगाइएपछि सूर्यकुमारले टोलीको नेतृत्व गर्ने भएका हुन् ।
सूर्यकुमार टी–२० को क्रिकेटका लागि भारतीय टोलीका कप्तान पनि हुन् ।
आईपीएल यहि मार्च २२ अर्थात चैत १० गतेदेखि सुरु हुनेछ, जसमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलोरले उद्दघाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् । यसैगरी हार्दिक पाण्डेयको मुम्बई इन्डियन्सको पहिलो खेल मार्च २३ का दिन चेन्नई सुपर किङ्ग्सविरुद्ध रहेको छ।































प्रतिक्रिया