मेसीपछि मार्टिनेजले पनि ब्राजिल र उरुग्वेविरुद्ध नखेल्ने

मेसीपछि मार्टिनेजले पनि ब्राजिल र उरुग्वेविरुद्ध नखेल्ने

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । साविकको विश्व विजेता अर्जेन्टिनाका स्टार स्ट्राइकर लाउटारो मार्टिनेजले पनि फिफा विश्वकप छनोट प्रतियोगिताको महत्त्वपूर्ण खेल गुमाउने भएका छन् ।

इटालियन क्लब इन्टर मिलानका लागि खेलिरहेका मार्टिनेजको मांसपेशी सम्बन्धी समस्याका कारण छनोट खेलबाट बाहिरिएका हुन् । उनी यसअघि पनि ह्यामस्ट्रिङ समस्याबाट पिडीत भएका थिए । योसँगै अर्जेन्टिनालाई चुनौती थपिएको छ ।

कप्तान लियोनल मेसी यसअघि नै टोलीबाट बाहिरिसकेका छन् । उनी एमएलएस अन्तर्गत आइतबार एटलान्टाविरुद्धको खेलका क्रममा मांसपेशीको समस्या देखिएपछि खेल्न नसक्ने भएका हुन् ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले यही २२ मार्चमा दोस्रो स्थानको उरुग्वेको सामना गर्नेछ । साथै २६ मार्चमा ब्राजिलसँग भिड्नेछ ।

Logo