युरोकप विजेता स्पेन नेदरल्याण्ड्ससँग हारबाट जोगियो

युरोकप विजेता स्पेन नेदरल्याण्ड्ससँग हारबाट जोगियो

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । युरोकप विजेता स्पेन नेसन्स लिगमा नेदरल्याण्ड्ससँग हार व्यहोर्नबाट जोगिएको छ । गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा स्पेन र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा स्पेनले अग्रता लिएको थियो । निको विलियम्सले खेलको नवौं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएपनि जोगाउन भने सकेनन् । २८ औं मिनेटमा गाक्पोले गोल गर्दै घरेलु मैदानमा नेदरल्याण्ड्सलाई बराबरीमा फर्काए ।

त्यसपछि तिज्जानी रेइजन्डर्सले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । ८१ औं मिनेटमा जोरेल हाटोले रेड कार्ड खाएपछि १० खेलाडीमा समेटिएको नेदरल्याण्ड्समाथि फाइदा उठाउँदै इञ्जुरी सममयमा मेरिनोले गोल गरी स्पेनलाई बराबरीमा फर्काउन सफल रहे ।

Logo