मेसीविनै उत्रिएको अर्जेन्टिनाले हरायो उरुग्वेलाई

मेसीविनै उत्रिएको अर्जेन्टिनाले हरायो उरुग्वेलाई

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । साविकको विश्व विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा उरुग्वेमाथि महत्त्वपूर्ण जित दर्ता गरेको छ ।

आज भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई उसकै मैदानमा १-० गोल अन्तरले स्तब्ध पारेको हो । थियागो अल्मादाले गरेको एकमात्र गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ६८औं मिनेटमा थियागोले गोल गरेका थिए ।

आज अर्जेन्टिना कप्तान लियोनल मेसीविना नै मैदान उत्रिएको थियो । उनी एमएलएस अन्तर्गत आइतबार एटलान्टाविरुद्धको खेलका क्रममा मांसपेशीको समस्या देखिएपछि उनी टोलीबाट बाहिरिएका हुन् ।

अमेरिकी छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १३ खेलमा २८ अंक जोडेको छ । यता उरुग्वे भने २० अंकसहित चौथो स्थानमा झरेको छ । अर्जेन्टिनाले अब २६ मार्चमा ब्राजिलसँग भिड्नेछ ।

Logo