एनएसएलः काठमाडौं हारबाट जोगियाे

एनएसएलः काठमाडौं हारबाट जोगियाे

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौँले २–२ गोलको बराबरी खेलेका हुन् । ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन् । काठमाडौंका लागि ओमोडोउ डिओप र भिन्सेन्ट कोजिइल्लोले गोल फर्काए ।

ललितपुरलाई खेलको पाँच मिनेटमा विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाए । खेलको १४औँ मिनेटमा ललितपुरका आदित्यले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए हुन् । त्यसपछि खेलको ७५औँ मिनेटमा डिओपले गोल गर्दै काठमाडौंलाई पहिलो अग्रता दिलाए भने दोस्रो हाफको अतिरिक्त समयमा भिन्सेन्टले पेनाल्टीमार्पत गोल गर्दै काठमाडौंलाई हारबाट जोगाएका हुन् ।

उक्त प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन एफसी सहभागी छन् । आज साँझ ६ बजेदेखि बुटवल लुम्बिनी एफसी र झाफा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

Logo