काठमाडौं । मुम्बई इण्डियन्सले जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा मुम्बई गुजरात टाइटन्ससँग उसकै मैदानमा ३६ रनले स्तब्ध भएको हो ।
अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रनमै समेटियो । शीर्षक्रमका ब्याटरको ब्याटिङ नै चलेन । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रन जोडे । यसैगरी तिलक बर्माले ३९ रन, नमन धिर र मिचेत सान्टनर समान १८ रनमा अविजित रहे।
कप्तान हार्दिक पाण्ड्याले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन्।
बलिङमा गुजरातका लागि मोहम्मद सिराज र प्रसिद कृष्णाले समान २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रनको योगफल तयार पारेको थियो। गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ६३ रन बनाएका थिए भने जोस बटलरले ३९, कप्तान शुभमन गिलले ३८ रन बनाएका थिए ।
बलिङमा मुम्बइका हार्दिक पाण्ड्याले २ विकेट लिए।
गुजरातको यो पहिलो जित हो । गुजरात यसअघि पहिलो खेलमा पञ्जावसँग पराजित भएको थियो । यता मुम्बई भने अंकविहीन छ । पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो ।





























प्रतिक्रिया