काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः अग्रता लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ४–१ को जित निकालेको सहज जित दर्ता गरेको हो ।
बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे । फेरान टोरेसले एक गोल थप्दा एक गोल उपहार पाएको थियो । जिरोनाका लागि अर्नाउट डान्जुमाले एक गोल फर्काए ।
यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २९ खेलबाट ६६ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियलको भन्दा तीन अंक बढी हो ।





























प्रतिक्रिया