काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै जित दर्ता गराएको हो । "/>

ए डिभिजन लिगमा एनआरटीमाथि च्यासलको फराकिलो जित

ए डिभिजन लिगमा एनआरटीमाथि च्यासलको फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै जित दर्ता गराएको हो ।

च्यासलको जितमा बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे । एनआरटीका मोसोद अग्बोलाले गोल फर्काएका थिए ।

खेलको अतिरिक्त सयममा एनआरटीले एक गोल फर्कायो । एनआरटीका लागि मोसोद अग्बोलाले गोल गर्दै ५–१ गोलको स्थितिमा पुर्‍याएका थिए । तर च्यासललाई एनआरटीले रोक्न भने सकेन ।

बिहीबार नै दोस्रो खेलमा लिग लिडर थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुदैछ ।

Logo