फेरि चलेन सनराइजर्सको ब्याटिङ, कोलकाताको सानदार जित

फेरि चलेन सनराइजर्सको ब्याटिङ, कोलकाताको सानदार जित

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा साबिकको विजेता कोलकाता नाइट राइडर्सले सहज जित दर्ता गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा कोलकाताले सनराइजर्स हैदरवादलाई ८० रनले स्तब्ध पारेको हो ।

कोलकोताले दिएको २०१ रनको लक्ष्य पछाएको सनराइजर्सले १६.४ ओभरमा अलआउट हुँदै १२० रनमै समेटियो । सनराइजर्सका लागि कसैले ठूलो स्कोर खडा गर्न सकेनन् । हेइनरिक क्लासेनले सर्बाधिक ३३ रन बनाउँदा कमिन्दु मेन्डिसले २७ र नितिश कुमार रेड्डीले १९ रन जोडे । आशा गरिएका ट्राभिस हेड, अभिषेक शर्मा र इशान किसान नै यो खेलमा चल्न सकेनन् ।

बलिङमा कोलकोताका बलर वैभव अरोरा, वरुण चक्रवर्तीले ३/३ विकेट लिए भने आन्द्रे रासेलले २ तथा हर्षित राना र सुनिल नारनले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । कोलकताका लागि वेंकटेश अयरले सर्बाधिक ६० रन बनाए भने अंगकृष रघुबंशीले ५० रन बनाए । त्यस्तै, कप्तान अजिख्य रहानेले ३९ र रिंकु सिंहले अविजित ३२ रन बनाए ।

बलिङमा सनराइजर्सका कप्तान प्याट कमिन्स, मोहमद शामी, जीशान अन्सारी, हर्षल पटेल र कमिन्दु मेन्डिसले एक एक विकेट लिएका थिए ।

यो जितसँगै कोलकाता ४ अंकसहित पाँचौँ स्थानमा छ। साबिकको उपविजेता सनराइजर्स भने २ अंकसहित पुछारमा छ । २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद त्यसपछि भने लगातार खराब प्रदर्शनमा गुज्रिएको छ ।

Logo