मुम्बईमाथि लखनउको रोमाञ्चक जित, हार्दिक पाण्ड्याको ‘फाइफर’

मुम्बईमाथि लखनउको रोमाञ्चक जित, हार्दिक पाण्ड्याको ‘फाइफर’

केन्द्रबिन्दु
189
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लखनउले मुम्बईलाई १२ रनले स्तब्ध पारेको हो ।

जितका लागि २०४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्रै जोड्न सक्यो । मुम्बईका लागि सूर्य कुमार यादवले सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

यसैगरी नमन धिरले ४६ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्या २८ रनमा अविजित रहे ।

बलिङमा लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनाएको थियो । लखनउका ओपनर मिचेल मार्शले सर्वाधिक ६० रनको योगदान गरे । अर्का ओपनर एडेन मक्रम ५३ रनको योगदान गरे ।

बलिङमा मुम्बइका हार्दिक पाण्ड्या एक्लैले ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

यो जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको लखनउ ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। मुम्बइ भने समान खेलबाट २ अंकसहित सातौँ स्थानमा छ।

Logo