काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
आज भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन जोडेको हो । दिल्लीका लागि ओपनर केएल राहुलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्सको योगदान गरे । ५१ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यसैगरी अभिषेक पोरेलले ३३ रन बनाउँदा कप्तान अक्षर पटेलले २१ रन तथा समिरले २० रन जोडे । स्टब्स २४ रनमा अविजित रहे ।
बलिङमा खलिल अहमदले २ विकेट लिँदा रविन्द्र जडेजा, नुर अहमद र मथिसा पाथिरानाले समान एकएक विकेट लिए ।
दिल्ली दुई खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ भने चेन्नई तीन खेलमा २ अङ्कसहित तालिकाको आठौं स्थानमा छ ।





























प्रतिक्रिया