काठमाडौं । लगातार खराब प्रदर्शनले रियल म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि दौडमा धक्का लागेको छ । गएराति सान्टियागो बर्नाबेउ रंगशालामा भएको महत्वपूर्ण खेलमा रियल भ्यालेन्सियासँग २-१ गोलअन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफको १५ औँ मिनेटमा माउक्तार डियाखाबीको गोलमा भ्यालेन्सियाले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि ५० औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियल खेलमा फर्किएको थियो । तर, यो खेल यत्तिमै रोकिएन ।
इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा भ्यालेन्सियासँग हार भोग्न बाध्य भयो। इन्ज्युरी समयको पाचौँ मिनेटमा ह्युगो डुरोले निर्णायक गोल गरेपछि भ्यालेन्सियाले बाजी मार्यो ।
यो हारसँगै ३० खेलबाट ६३ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा रहेको छ । यता बार्सिलोना समान खेलबाट ६७ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाले गएराति नै रियल बेटिससँग बराबरी खेलेको थियो ।





























प्रतिक्रिया