काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा पन्जाबले चेन्नईलाई १८ रनले हराएको हो ।
पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा २०१ रनमै समेटियो । चेन्नईका लागि डेभोन कोनवेले सर्बाधिक ६९ रन बनाएका थिए भने शिभम दुवेले ४२ रन बनाए । त्यस्तै रचिन रविन्द्रले ३६, महेन्द्र सिंह धोनीले २७ रन बनाएका थिए । तर, त्यो जितका लागि पर्याप्त हुन सकेन ।
पन्जाबका बलर लुकी फर्गुसनले २ विकेट लिए भने यश ठाकुर र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । पन्जाबलाई जित दिलाउने क्रममा प्रियांश आर्यले ३९ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा विष्फोटक शतक प्रहार गरे। यसभन्दा अघि आईपीएलमा उनी भन्दा कम बलमा शतक बनाउने कमै खेलाडी छन्।
त्यस्तै शशांक सिंहले ५२ र मार्को जानसेनले ३४ रन बनाएका थिए ।
चेन्नईका बलर खलील अहमद र आर आश्विनले २-२ विकेट लिए ।
योसँगै ४ खेलमा ती जितसहित पन्जाब चौथो स्थानमा छ। यता पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा छ।





























प्रतिक्रिया