टियु मैदानमा एक महिनामै फ्लड लाइटसहित १० हजार दर्शक अट्ने प्यारापिट धमाधम बन्दै, क्रिकेटप्रेमी चकित ![भिडियोसहित]

टियु मैदानमा एक महिनामै फ्लड लाइटसहित १० हजार दर्शक अट्ने प्यारापिट धमाधम बन्दै, क्रिकेटप्रेमी चकित ![भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ । 

बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले साइत हेरेर पूजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो । 

सहरी विकास मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । कम्पनीले समयमा काम सम्पन्न गर्न ३ सिफ्टमा काम भइरहेको बताएको छ । 

default
default
default

Logo