काठमाडौं । अभिषेक शर्माको उत्कृष्ट शतकको मदतमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा हैदरावादले पञ्जाव किङ्सलाई आठ विकेटले हराएको हो ।
पन्जाबले दिएको २४६ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल बाँकी रहँदै मात्र दुई विकेट गुमाएर २४७ रन बनायो। हैदरावादका लागि ओपनरद्वय ट्रेभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे। आईपीएल इतिहासमा कुनै पनि विकेटका लागि भएको यो दोस्रो उत्कृष्ट साझेदारी हो।
शर्माले ५५ बलको सामना गर्दै १४ चौका र १० छक्काको मदतमा १४१ रन जोडे।अभिषेकको आईपीएलमा यो पहिलो शतक हो। साथै आईपीएल इतिहासमा यो तेस्रो ठुलो व्यक्तिगत स्कोर पनि हो।
हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए। हर्निच क्लासन २१ र इसान किसन ९ रनमा नटआउट रहे।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रनको योगफल खडा गरेको थियो । पन्जाबका कप्तान श्रेयस अयरले ३६ बलमा ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए।
प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए। यस्तै मार्कुस स्टोइनिसले ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरी ३४ रनमा अविजित रहे।
बलिङमा हर्ष पटेलले ४ विकेट लिए ।
यो जितसँगै हैदरावाद छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ । पञ्जाब पाँच खेलमा छ अङ्कसहित छैटौं स्थानमा छ ।





























प्रतिक्रिया