बार्सिलोनाले रियलसँगको‌ अंक दूरी बढायो

बार्सिलोनाले रियलसँगको‌ अंक दूरी बढायो

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ला लिगामा बार्सिलोनाले लेगानेसमाथि जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि १-० गोलअन्तरको जित निकालेपछि दोस्रो स्थानको रियल म्याड्रिडसँगको‌ अंक दूरीलाई‌ बढाएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने सुरुमै बार्सिलोनाले अग्रता लिन सफल भयो । ४८ औं मिनेटमा लेगानेसका डिफेन्डर जोर्ज साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयास गर्दा आत्मघाती गोल गरेका थिए । पछि थप गोल हुन सकेन ।

३२ खेलमा‌ बार्सिलोनाको ७० अंक पुगेको छ । यता एक खेल कम खेलेका रियलको भने ६३ अंक छ । रियलले आज अलाभेसविरुद्ध खेल्दैछ ।

Logo