काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दूरी घटाएको छ । रियलले डोपोर्टिभो अलाभेसलाई उसकै मैदानमा १-० गोलअन्तरले हराएको हो ।
रियलको जितमा एडुआर्डो क्यामाविंगाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए । ३८औं मिनेटमा केलियन एम्बाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए भने ७०औं मिनेटमा अलाभेसका मेनु साञ्चेज पनि रातो कार्डसहित मैदान छाडे ।
पछि थप गोल हुन सकेन ।
यो जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । बार्सिलोनाको ३१ खेलबाट ७० अंक छ भने समान खेलबाट रियलको ६६ अंक भएको छ ।































प्रतिक्रिया