काठमाडौं । घरेलु टोलीले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित निकालेको हो ।
ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर निरजकुमार यादवले ४६ रन तथा साहिल पटेलले ४४ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै ११७ रन जोडेको थियो । ओमानका लागि ब्रजेश शाहले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए। अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।
नेपालले आइतबार भएको पहिलो खेलमा युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराएको थियो।





























प्रतिक्रिया