युवराजको बलिङ चम्किँदा नेपालविरुद्ध हङकङ सस्तैमा समेटियो

युवराजको बलिङ चम्किँदा नेपालविरुद्ध हङकङ सस्तैमा समेटियो

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत घरेलु टोली नेपालविरुद्ध हङकङ सस्तैमा समेटिएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । माथुरले १ सय १६ बलमा ६३ रन जोडे ।

यसैगरी अर्या पञ्जवानीले १३ रन तथा वीर माथुरले १२ रन जोडे ।

बलिङमा नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एसिया छनोटमा बलियो दाबेदारी दिने तयारीमा छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।

Logo