आईपीएलः दिल्लीले गुजराजलाई दियो २०४ रनको लक्ष्य

आईपीएलः दिल्लीले गुजराजलाई दियो २०४ रनको लक्ष्य

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानको दिल्ली क्यापिटल्सले तेस्रो स्थानको गुजराज टाइटन्सलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

अहदावादमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन जोडेको हो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ३२ बलमा सर्वाधिक ३९ रन जोडे । अशुतोष शर्माले १९ बलमा २ चौका र ३ छक्काको मदतमा रन ३७ जोडे ।

त्यस्तै, करुण नैर र ट्रिष्टन स्टब्सले समान ३१/३१ रन बनाउँदा केएल राहुलले २८ रन जोडे । ओपनर अभिषेक पोरेलले १८ रन जोडे ।

बलिङतर्फ प्रसिद्ध कृष्णले सर्वाधिक ४ विकेट लिए ।

दिल्ली १० अंकसहित शीर्षमा रहँदा गुजरात ८ अंक जोडेर तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाले दिल्ली शीर्ष स्थानमा अग्रता बढाउन चाहन्छ । यता गुजराज भने सनसनीपूर्ण जित निकाल्दै शीर्ष स्थानमा उक्लने तयारीमा छ ।

Logo