पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा, धनगढी बाहिरियाे

पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा, धनगढी बाहिरियाे

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो । बिनोङले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोलनै पोखराको लागि निर्णयक गोल सावित भयो ।

यस जितसँगै पोखराले उपाधिका लागि अब साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ ।

पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो । उक्त प्रतियोगिताको फाइन खेल हुनेछ ।

Skip This
Skip This
Logo