रोमाञ्चक जितसहित बेङ्गलोर तेस्रो स्थानमा उक्लियो

रोमाञ्चक जितसहित बेङ्गलोर तेस्रो स्थानमा उक्लियो

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोमाञ्चक जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बेङ्गलोरले राजस्थान रोयल्समाथि ११ रनले पराजित गरेको हो ।

बेङ्गलोरले जितको लागि दिएको २०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनमै समेटियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल अर्धशतकबाट मात्र १ रनले चुके। १९ बलमा ७ चौका र ३ छक्कासहित उनले ४९ रन जोडे ।

कप्तान रियान पराग २२ रनमा, नितीश राना २८ रनमा र सिम्रोन हेटमेर मात्र १२ रनमा आउट भए।

बलिङमा जोश हेजलउडले सर्वाधिक ४ विकेट लिए । क्रुनाल पाण्ड्याले २ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्गलोरले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । बेङ्गलोरका लागि विराट कोहलीले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७० रनको पारी खेले।

त्यस्तै, देवदत्त पाडिकलले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै टिम डेबिटले २३ रन जोड्दा जितेश शर्मा अविजित २० रनमा रहे।

बलिङमा सन्दीप‌ शर्माले २ विकेट लिए ।

यो जितसँगै बेङ्गलोरले ९ खेलमा १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता राजस्थान भने चार अङ्क सहित आठौँ स्थानमा छ।

Logo