मुम्बईको उत्कृष्ट कमब्याक, उक्लियो शीर्ष स्थानमा, राजस्थान आउट !

मुम्बईको उत्कृष्ट कमब्याक, उक्लियो शीर्ष स्थानमा, राजस्थान आउट !

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई उसकै मैदानमा १०० रनको सनसनीपूर्ण जित दर्ता गरेको हो ।

यो मुम्बईको लगातार छैटौँ जित हो । सुरुवाती ३ खेलमा हार व्यहोरेर निराशाजक अवस्थामा पुगेको मुम्बईले उत्कृष्ट कमब्याक गरेको छ । मुम्बई १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने राजस्थान ११ खेलमा ६ अंक जोडेर प्लेअफ होडबाट लगभग बाहिरिएको छ ।

बिहीबार राति २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमै समेटियो । शीर्ष ब्याटिङ क्रम फ्लप भएको खेलमा राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे।

यसअघि शतक हानेका वैभव सूर्यवंशी शून्यमै समेटिए ।

बलिङमा मुम्बईका करण शर्मा र ट्रेन्ट बोल्टले समान ३ विकेट लिए भने जसप्रित बुमराहले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो। मुम्बईका लागि ओपनर रेन रिकेल्टनले ३८ बलमा ६१ रन जोडे। साथै अर्का ओपनर रोहित शर्माले ३६ बलमा ५३ रन जोडे । त्यसैगरी सूर्य कुमार यादव र कप्तान हार्दिक पाण्डे समान २३/२३ बलमा ४८/४८ रन जोडे।

बलिङमा राजस्थानका कप्तान रियान पराग र महेश थिक्सानाले समान एकएक विकेट लिए ।

Logo