पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनले पोखरा पल्टनलाई १६१ रनको चुनौती दिएको थियो। लक्ष्य पछ्याउने क्रममा पोखराले १९.२ ओभरमा ४ बल बाँकी रहँदै ३ विकेटले जित हात पारेको हो।
पोखराका लागि रविइन्द्रर सिंहले ५८ बलमा सर्वाधिक ९० रन बनाए । मोहम्मद नाभिद २५, कप्तान शरद २२, आशिफ सेखले १२ रन बनाए । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहित पौडेल शून्य रनमै आउट भए ।
प्रतियोगिताको लिग चरणमा पनि पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
चितवन राइनोले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।
जितसंगै पोखराले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस्तै, उपविजेता चितवनले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।
नेपालमा हालसम्म भएका प्रतियोगितामा शरदको टोलीले ५० ओभरको नेपाल प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग(ईपीएल)को पहिलो संस्करण र पीपीएलको उपाधि जितेको छ भने पारसको टोलीले धनगढी प्रिमियर लिग(डीपीएल)को पहिलो संस्करण र ईपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ ।





























प्रतिक्रिया