काठमाडाैं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेकाे छ । गएराति इतिहाद स्टेडियममा भएकाे खेलमा सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई १-० ले पराजित गरेको हाे ।
खेलको ३५ औं मिनेटमा बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुयनले गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो।
उल्भ्सले खेलभरि नै बलियो रक्षात्मक खेल प्रदर्शन गर्दै सिटीको आक्रमणलाई धेरै समयसम्म रोकेको थियो। तर, डे ब्रुयनको उत्कृष्ट प्रहारले अन्ततः घरेलु टोली म्यानचेस्टर सिटीलाई महत्वपूर्ण तीन अंक दिलायो।
याे जितसँग सिटी तेस्राे स्थानमा उक्लिएकाे छ । सिटीले ३५ खेलमा ६४ अंक जाेडेकाे छ ।































प्रतिक्रिया