रायो भालेकानोले गेटाफेलाई हरायो

रायो भालेकानोले गेटाफेलाई हरायो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । रायो भालेकानोले ला लिगामा गेटाफेलाई पराजित गरेको छ । आज भएको खेलमा भालेकानोले गेटाफेलाई १-० ले स्तब्ध बनाएको हो ।

खेलको सातौं मिनेटमा फ्लोरिअन लेजेउनेले गरेको गोल नै घरेलु टोली रायो भालेकानोको लागि निर्णायक बन्यो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ८० औं मिनेटमा गेटाफेका डिजेने डाकोनामले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। यसको बाबजुद पनि गेटाफेले खेलमा फर्कने प्रयास गरे पनि रायो भालेकानोको बलियो रक्षापंक्ति तोड्न सकेन।

यो जितसँगै रायो भालेकानो ४४ अंकसहित तालिकाको नवौं स्थानमा छ । यता गेटाफे ३९ अंकसहित १२औं स्थानमा रहेको छ ।

Logo