काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट(जर्मेन (पीएसजी) पराजित भएको छ । गएराति स्ट्रासबर्गको घरेलु मैदानमा भएको खेलमा पीएसजीले २-१ गोल अन्तरकाे अप्रत्याशित पराजय भोगेको हो ।
खेलको २०औं मिनेटमा पीएसजीका लुकास हर्नान्डेजले आत्मघाती गोल गरेपछि स्ट्रासबर्गले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा फेलिक्स लेमारेचलले गोल गर्दै स्ट्रासबर्गको अग्रता दोब्बर पारे।
दोस्रो हाफको सुरुमै, ४६औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि स्ट्रासबर्गको रक्षापंक्ति बलियो रह्यो र पीएसजीले थप गोल गर्न सकेन।
पीएसजीका लागि यो हारले लिगको उपाधि दौडमा धक्का लाग्ने भने छैन । पीएसजीले ३२ खेलमा ७८ अंक जोडिसकेको छ । दोस्रो स्थानको मोनाकोको मात्र ५८ अंक छ । २० अंकको अन्तर रहँदा यो हार पीएसजीका लागि भारी नहुने भएको हो । यद्यपी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको पीएसजीले आज दोस्रो रोजाईको टोली उतारेको थियो ।





























प्रतिक्रिया